neelambAd

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक उद्देश्यका रुपमा प्रधानमन्त्री, गृहमन्त्री अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार गलत रहेको बताएका छन्।

करिब एक क्विन्टल प्रकरणमा संसद्मा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्री नारायण काजी श्रेष्ठको राजीनामा मागेको कुरालाई संकेत गर्दै प्रधानमन्त्री दाहालले मन्त्रीहरुले स्पष्टीकरण पनि दिन नपाउँदै राजीनामा माग्नु गलत भएको बताए। साउन १० गर्दै एमालेले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियो।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भएर आज फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री दाहालले सुन प्रकरणबारे भने बोल्न चाहेनन्।  उनले मन्त्रीहरुसँग के भएको छ त्यसबारे जानकारी दिने बताए। 

६ दिने आफ्नो भ्रमण सफल भएको भन्दै  प्रधानमन्त्री दाहालले नेपालको पछिल्लो घटनाक्रम बारे छलफल गरेर अगाडि बढ्ने बताए।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय