

काठमाडौं : चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछिको नेप्सेको ओरालो यात्राले साताको पाँचौँ कारोबार दिन आज बिहीबार पनि निरन्तरता पाएको छ।
हिजो आठ अंकले घटेको नेप्से आज पनि २९ दशमलव ७१ अंकले घटेर २१ सय २६ दशमलव ४८ बिन्दुमा झरेको छ। नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको ६२ लाख ७१ हजार सात सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार पाँच सय ५४ रुपैंयाँको कारोबार भएको छ।



नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पूरै रातो भएको छ।
Facebook Comments Box