

साउन. ११ .वीरगंज । पर्साको वीरगंज महानगरपालिकामा एक युवकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । वीरगंज महानगरपालिका बसपार्क नजिक रहेको माईदिया पोखरीमा स्थानीय ३२ वर्षीय अनिल कुमार खेतानको शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल साहले उनको शव पोखरीमा फेला परेको पुष्टि गरेका हुन् ।स्थानीयका अनुसार उनी ३ दिन देखि घर परिवारको सम्पर्कमा नरहेको र आज उनको शव फेला परेको बताएका छन् ।प्रहरी उपरीक्षक साहले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र के कारणले मृत्यु भएको खुल्ने बताए । शव परीक्षणका लागि नारायणी क्षेत्रिय अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक साहले बताए ।
Facebook Comments Box


