

वीरगंज, पर्सा
वीरगंज महानगरपालिका वडा नं ३१ कोनियामा धान पाकेट विकास कार्यक्रम तथा समृद्विका लागि वन परियोजना कार्यक्रम गरिएको छ। सो कार्यक्रम अन्तर्गत वृक्षरोपण तथा मोटर र स्प्रेय पम्प वितरण गरिएको छ । सो कार्यक्रम का प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले वृक्षारोपन गरि पानि पटाइ वृक्षारोपन कार्यक्रमको उद्घाटन गरेका थिए।



वीरगंज महानगरपालिकाको सहयोग तथा शान्ति सदभाव कृषक समूह , मेलमिलाप कृषक समूह त्यस्तै वृक्षारोपण कार्यक्रम को आयोजना मंगलबाबा जग्गा ब्यवस्थापन समूह ले गरेका थिए। सो कार्यक्रम मा १ हजार वृक्षारोपण गरिएको छ भने खेतमा सिचाइ गर्नका लागि उपमेयर आलमले १२ थान मोटर र ३० पिस स्प्रेय पम्प खेती गर्नका लागि वितरण गरेका छन । वृक्षारोपन कार्यक्रम आँप, लिच्ची, अमरुद लगायत फलहरु को बिरुवा रोपिएको छ।
विभिन्न संस्थाको सहकार्यमा आयोजना भएको तथा वीरगंज महानगरपालिका को सहयोग मा भएको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर आलमले वनजंगल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परेको बताए ।
अहिले पानी नपरेर खेतीयोग्य जमिन बन्जर जस्तै बनेकोले सिचाइ गर्नका निम्ति मोटर वितरण गर्नु परेको उपमेयर आलमले बताए त्यस्तै उनले वातावरण संरक्षणमा अन्य समयमा पनि लाग्नुपर्नेमा जोड दिए । “सहरी क्षेत्रमा पनि हरेक घरमा केही न केही जग्गा खाली हुन्छ, जति जग्गा छ त्यहाँ बिरुवा रोपौँ,” उनले भने, “यदि ठाउँ छैन भने घरको छतमा भए पनि ठुला नहुने बिरुवा रोपौँ । यसले पनि महानगरलाई हरियाली बनाउन सहयोग पुग्छ ।

उपमेयर आलमले जलवायु परिवर्तनका कारण मानव जीवनसँगै जीवजन्तु र पशुपक्षीमा समेत गम्भीर असर पर्न थालेको उल्लेख गरे।भौतिक संरचना निर्माण गर्दा रुख कटान गर्दा पर्यावरणमा धेरै नै समस्या देखिन थालेको उनको भनाइ थियो ।
अहिलेको जुन जलवायु परिवर्तनको समस्या छ।यो हाम्रो जस्तो देश र हामीले गरेर रोक्न सकिँदैन,” उनले भने, “तर हामीले वृक्षारोपण गरेर, वनजंगल जोगाएर हरियाली बनाउन सक्छौँ ।” ‘एक घर एक रुख’को नीतिलाई महानगरले कडाइका साथ लागू गर्ने उनले प्रतिबद्धता जनाए ।
त्यसतै,बृक्षारोपण तथा मोटर,स्प्रेय पम्प बितरण कार्यक्रम वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले बितरण गरेका थिए भने सो कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष लगायत स्थानीयवासी,जनप्रतिनिधिहरु,वीरगंज महानगरपालिकाका उपमेयरका स्वकीय सचिव शेष हजरा,नेपाली कांग्रेसका नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो।