

काठमाण्डौ – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज दुई प्रतिस्पर्धी देश भारत र पाकिस्तानको ‘ए’ टोली खेल्दैछन् ।
भारत र पाकिस्तानबीचको खेल श्रीलङ्काको कोलम्बोमा रहेको प्रेमादासा रङ्गशालामा नेपाली समय अनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ ।आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् ।आज भारत र पाकिस्तान ‘ए’ बीच हुने खेलको नतिजाले समूह ‘बी’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।



यी दुवै टोलीको चार—चार अङ्क छ । यो प्रतियोगितामा नेपालबाहेक ७ देशको ‘ए’ टोली रहेका छन् ।समूह ‘ए’ मा चार अङ्क रहे पनि अफगानिस्तान नेट रनरेटमा श्रीलङ्का र बङ्गलादेशभन्दा पछाडि परेर बाहिरियो ।आफ्नो अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि.सारा ओभल कोलम्बोमा शुरु हुँदैछ ।
समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन् ।नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो ।त्यस्तै युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो ।