neelambAd

धर्मेन्द्र पासवान/लहान

सिरहाको लहानका प्रतिष्ठित प्रतिष्ठान मुन्धडा इन्टरप्राइजेज तथा व्यवसायी पवन कुमार मुन्धडालाई कालो सूचीको लागि सिफारिस गरिएपछि जिल्ला उद्योग वाणिज्य संघ सिरहाको गम्भीर ध्यानाकर्षण भएको छ । व्यावसायी मुन्धडाको व्यवसायिक जीवनमा आँच आउने गरि क्रियाकलाप गरिरहेको बारा सिमरा स्थित रहेको आर.एम.सी. फुड्स प्रा.ली. को कार्यप्रति जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडाको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । व्यासायी मुन्धडाले व्यवसायिक कारोबार गर्न धरौटीको रुपमा राखेको खाली चेक फिर्ता नगरी उल्टै बैंकमा कालो सूचीमा राख्न मुद्दा लगाउन खोजेको कार्य सह्य नरहेको जानकारी गरिएको छ । व्यवसायी मुन्धडाले आर. एम. सी फुड्स प्रालि संग गरेको कारोबारमा ३९ हजार ५ सय मात्र तिर्न बाँकी रहेको बैंक स्टेटमेन्टले देखाएको छ । मुन्धडा इन्टरप्राइजेजले दिएको खाली चेक अविलम्ब फिर्ता गर्न जिल्ला उद्योग वाणिज्य संघ सिरहाको जोडदार माग रहेको छ । यता भने उच्च अदालत जनकपुर राजविराज इजलासबाट व्यवसायी मुन्धडा र मुन्धडा इन्टरप्राइजेजको नाउँमा कुनै किसिमको कालो सूचीमा राख्नको लागि कर्जा सूचनाको केन्द्रको नाममा सिफारिस नगर्नु भनी अन्तरिम आदेश दिएकोछ । मिति २०८०/०३/२९ गतेमा अल्पकालिन अन्तरिम आदेश समेत जारी भइसकेको अवस्थामा व्यवसायी मुन्धडालाई कुनै किसिमको मानसिक र व्यवसायिक तनाव दिन नहुने हाम्रो तर्क जिल्ला उद्योग वाणिज्य संघको तर्क छ । जिल्ला उद्योग वाणिज्य संघ सिरहाले आर. एम. सी. फुड्सका सञ्चालक विष्णु अग्रवाल र एस अग्रवालले उद्योग वाणिज्य संघको रोहबरमा हिसाब गर्न आग्रह समेत गरेको छ । यदि छलफलमा नआइ सकारात्मक सुनुवाई नभए आर. एम. सी फुड्स र त्यसका सञ्चालक विरुद्ध आन्दोलित हुने समेत जिल्ला उद्योग वाणिज्य संघ सिरहाले सचेत गराएको छ । यसका साथसाथै व्यवसायी मुन्धडाको तर्फबाट उद्योग वाणिज्य संघले नै कानुनी लडाइँ लड्ने जानकारी गराइएको छ ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय