neelambAd


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई सर्वोच्च अदालतले लिखित जावफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको छ ।सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बालेनलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफसहित हदालतमा हाजिर हुन आदेश दिएको हो ।

इजलासले मंगलबार आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफसहित आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको हो ।हिन्दी सिनेमा बन्द गर्ने विषयमा उनले सरकार र अदालत भारतको अधिनमा भएको भन्दै आफूले अदालतको निर्णय नमान्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले मुद्दा दायर गरेका थिए ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय