neelambAd

बजेटबारे निर्णय लिन जनता समाजवादी पार्टी संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो १२ बजे बस्ने तय भएको जसपाका सांसद राजकिशोर यादवले जानकारी दिए।जसपाले बजेटप्रति असन्तुष्टि पोख्दै आएको छ।बजेट सच्याउन माग गरिरहेको उसले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतसँग जवाफ पनि माग गरेको थियो।मंगलबार अर्थमन्त्री महतले जवाफ दिएका थिए।

त्यसबाट सन्तुष्ट हुन नसकेको जसपाका सांसदहरूले बताए। आज प्रधानमन्त्री प्रचण्डले गुनासोको सम्बोधन गरे पक्षमा भोट हाल्न सहज हुने उनीहरूको भनाइ छ।यसैबीच बजेटप्रति असन्तुष्टि जनाउँदै आएको एकीकृत समाजवादीले पनि संसदीय दलको बैठक बोलाएको छ। बिहान साढे दस बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकले बजेटबारे निर्णय लिनेछ।

कांग्रेस र माओवादी केन्द्रले भने बजेटका पक्षमा भोट हाल्न मंगलबार नै ह्विप लगाइसकेका छन्।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय