

पर्सा,१० असार ।
नेपाल सरकारलाई सबै भन्दा बढी राजश्व दिने वीरगन्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापन–पत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा प्रज्ञापन–पत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो ।आर्थिक वर्ष ०७९÷०८०को साउन देखि जेठसम्मा वीरगन्ज भन्सार कार्यालयले १ लाख ८१ हजार ४ सय ६१ वटा प्रज्ञापन–पत्र प्रयोगगरेको तुलनामा चालु आवको सोही अवधीमा १ लाख ३८ हजार १ सय ७२ वटा प्रज्ञापन प्रयोग भएको छ । यो समिक्षा अधिको तुलनामा ४३ हजार २ सय ७९ कम हो ।



गत आर्थिक वर्षको तुलनामा चालु आवको ११ महिनामा रातो च्यानकाबाट २३ प्रतिशत, पहेलो च्यानलबाट २० प्रतिशत र हरियो च्यानलबाट ३४ प्रतिशत प्रज्ञापन कम प्रयोग भएको वीरगन्ज भन्सार कार्यालयका सुचना आधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिनुभयो । उहाँले वीरगन्ज नाकाप्रयोग गरी हुने आयात र्नियातमा कर्मी भएको कारण प्रज्ञापन पत्रको उपयोग घटेको र यसको नाकारात्म प्रभाव भन्सारको राजश्व्संकलनमा समेत परेको बताउनुभयो ।
चालु आवको साउन देखी जेठ सम्माका लागि भन्सार विभागले २ खर्ब ३७ अर्ब ५८ करोड रुपैया राजश्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यलयले लक्ष्य भन्दा ४० प्रतिशत कम अर्थात १ खर्ब४२ अर्ब३० करोड रुपैया मात्र संकलन गरेको अधिकारी ढकालले जानकारी दिनुभयो । उहाँले सबै भन्दा बढी राजवश्व दिने इन्धनको आयातमा २५ प्रतिशत र वाहन आयातमा ७० प्रतिशत भन्दा बढी कमी देखिएको कारण राजश्व संकलनको लक्ष्य हासिल हुन नसकिएको बताउनुभयो ।
कारोना संक्रमणबाट थलिएको राष्ट्रिय अर्थतन्त्र विस्तारै उकालो लाग्दै गर्दा पछिलो समय देखा परको वैश्विक आर्थिक मन्दी र रसिया–युक्रेन युद्धले राजश्व संकलनलाई संकुचित बनाएकोे जानकारहरु बताउछन् ।