

बीरगन्ज । राष्ट्रपतिले प्रमाणीकरण गरेको नयाँ नागरिकता ऐनअनुसार पर्सामा नागरिकता वितरण कार्य यहि आइतबारदेखि सुरु गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले गत जेठ २१ गतेनै सुचना निकालेर जेठ २२ गतेदेखि नै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गरिने जनाएको भएपनि ऐनविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि नागरिकता वितरण सुरु नहुँदै स्थगित भएको थियो ।



बिहीबार सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नयाँ नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्ला भएको हो ।
त्यहीँ कारण जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ नागरिकता ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तानसहितका नागरिकताविहीनहरुलाई नागरिकता वितरण कार्य आइतबारदेखि सुरु गर्ने तयारी गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
उनले जेठ २१ गते जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख गरिएका कागजातहरु लिएर कार्यालयमा आइतबारदेखि सम्पर्क गर्न लक्षित सेवाग्राहीलाई आग्रह पनि गरेका छन् ।
जन्मसिद्ध नागरिकको सन्तानको हकमा बुवा आमा दुवैको सक्कल नेपाली नागरिकता र त्यसको प्रतिलिपि ,फोटोकापी, वडाअध्यक्षको सिफारिससहितको अनुसूची र फारम, सक्कल जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाणपत्र बाबु, आमा सन्तानबिचका फोटोसहितको सक्कल प्रमाणित, बसाइसराइ गरी आएकोकाहरुको हकमा बसाइसराइको प्रमाणपत्रलगायात कागजातहरु अनिवार्य रुपमा लिएर कार्यालयमा आउन सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।महोतरीमा जन्मसिद्ध नागरिकका सन्तानलाई आजैबाट नागरिकता वितरण सुरु भएको छ।
कुन कुन कनगज पत्र चाहीने त यो हेर्नहोला
