

पर्सा,०८ असार ।
नेपालको सिमावर्ती सहर वीरगन्जका व्यपारी भारतीय रुपैयामा कारोवार गर्न बन्द गरेका छन् । नेपाल सरकारले र्निधारण गरेको भन्द ४ देखि ७ रुपैया सम्मा मुल्य तल झरेपछि वीरगन्जका व्यपारीले भारु लिन छाडेका हुन ।ग्राहकले दिएको भारु ५ सय पछिसटन जाँदा ५० रुपैया सम्म कम पाउने भएपछि विगत एक महिना देखि आफुहरु भारु लिन छानेको व्यपारी प्रमानन्द पालले बताउनुभयो।



एक सय भारतीय रुपैयाको नेपाली १ सय ६० रुपैया भजत सरकारले र्निधारण गरेपनि सिमाक्षेत्रमा दैनिक मुद्राको भाउ तलमाथि हुन थालेपछि सिमाक्षेत्रमा संचालित रहेका पेट्रोल पम्पहरुले सुचना नै ठासगरी भारु लिन मनाही गरेका छन् ।
सिमाक्षेत्रमा भइहरेको भारतीय रुपैयाको अवमूल्यनले सबै भन्दा बढी होटल तथा प्रर्यटन व्यवसाय मारमा परेकोे होटल तथा पर्यटन व्यवसायि संघ पर्साका अध्यक्ष हरि पन्थले जानकारी दिनुभयो । उहाँले वीरगन्जको होटलमा ५० प्रतिशत भन्दा बढी भारतीयहरु आउने र सरकराले निर्धारण गरेकै दररेटमा उनीसंग रोवार गरेपनि पछि बजारमा खर्च गर्न जाँदा भारु नलिने लिएपनि कम रेटमा लिने गरेकाले होटल व्यवासि मारमा परेको बताउनुभयो ।
सिमाक्षेत्रमा देखिएको भारतीय रुपैया अवमूल्यनको मुख्य जिममेवार नेपाल सरकारको भन्सार निती रहेको वीरगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले आरोप लगाउनु भयो । उहाँले आयात गरिएका बस्तुको वास्तविक मुल्य भन्दा भन्सारले बस्तुको मुल्याँकन बढी गरेपछि सिमाक्षेत्रमा भारुको मुल्यमा अनिस्चिता आएको बताउनुभयो। सिमाक्षेत्रमा देखिएको भारतीय रुपैयाको अवमूल्यनले चलनमा नेपाली रुपैयालाई बलियो देखाएपनि यसले सिमाक्षेत्रको कारोवारमा नकारात्मक प्रभाव पारिरहेको जानकारहरु बताउछन ।