neelambAd

बीरगन्ज,७ असार – नेपाल पोष्ट मिडिया प्रालिद्वारा संचालित रेडियो सिमाञ्चल ९५.१ मेगाहर्जले बुधवारदेखि आफ्नो परिक्षण प्रसारण शुरु गरेको छ । सिमा क्षेत्रको सूचना,संगित तथा कला संस्कृतिको जेगर्ना गर्ने उदेश्यका साथ रेडियोले प्रसारण यात्रा शुरु गरेको हो । रेडियोले निकट भविष्यमै नियमित प्रसारण शुरु गर्ने रेडियोका अध्यक्ष मनोज पटेलले बताए । बीरगन्जको श्रीपुर १४ मा आफ्नो स्टेशन टावर राखी रेडियोले परिक्षण प्रशारण शुरु गरेको उनले बताए ।

पर्सामा संचालनमा रहेको बिभिन्न रेडियो तथा एफ. एम. स्टेशनको बिचमा स्रोताको माग अनुसारको कार्यक्रम गीत–संगीत,मनोरञ्जनात्मक एवं समाचार मुलक कार्यक्रमहरु प्रस्तुत गर्ने रेडियो सिमाञ्चलले लक्ष्य लिएको पटेलले बताए । १०० वाट रेडियो प्रसारणको इज्जात प्राप्त गरेको रेडियोले स्रोतहरुको माग अनुसार प्रसारण क्षमता बढाउदै लाने समेत पटेलले बताए ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय