

पर्सा,०४ असोज । दिनानुदिन बढ्दै गएको खानेपानीको समस्यालाई समाधान गर्न वीरगन्जमा टेयाँकरको सहयोगले पानी वितरण सुरु गरिएको छ । वीरगन्ज महानगरपालिका र यस आसपाका क्षेत्रमा चापा सुकदै गएपछि देखिएको जलसंकलटलाई सम्बोधन गर्न विभिन्न माध्यले पानी वितरण सुरु गरिएको हो ।
तापाक्रम बढेसंगै जिल्लामा रहेका अधिकान्स चापाकल सुकी जलसंकटकै अवस्था उत्पन्नभएपछि सर्वसाधारको ज्यान रक्षाकालागि वीरगन्ज महानगरपालिकाल र मधेस प्रदेश सरकारका तर्फबाट टोल टोलमा विहान र बेलुका पानी वितरण सुरु भएको छ । चापाकलबाट पानी आउन छाडेपछि खाना पकाउना देखी दैनिक कार्यमा ठुलो समस्या भएको स्थानियले बताएका छन् ।



देखापरेको जलसंकलनलाई सम्बोधन गर्न आज देखी वीरगन्जमा पानी वितरण सुरु गरिएको मधेस प्रदेश सरकारका वन तथा वातारण मन्त्री रमेश प्रसाद कुर्मीले जानकारी दिनु भयो । उहाँले हाल देखिएको पानी अभावलाई सम्बोधन गर्न टोल टोलमा पानी वितरण भइरहेको छ भने पर्सा लगायत विभिन्न जिल्लामा डिप बोरिङ जडान गरी सर्वसाधराणलाई राहत प्रदान गर्ने प्रयास भइरहेको बताउनु भयो।
जलवायु परिर्वतनका कारण देखा परेको जलसंकलाई दिगोरुपमा समाधान गर्न प्रदेश सरकारले बहुवर्षीय योजना अन्तरगत वृक्षारोपन, तटबन्ध, र प्रदुषण नियन्त्रणका क्षेत्रमा समेत कार्य गरी रहेको मन्त्री कुर्मीले जानकारी दिनुभयो ।
लामो समय देखि आकासे पानी नपर्नुको कारण एक तर्फ खानेपानीको समस्या देखिएको छ भने अर्को तर्फ पानी अभावकै कारण धानको विउ समेत किसान रोपई गर्न सकेका छैन्न । हाल देखिएको जलसंकलटलाई समाधान गर्न तत्काल र दृघकालिन योजना बनाई अगाडी नबढे आउने दिनमा खाद्ययानको समेत ठुलो संकट उत्पन्न हुने खोमि बढ्दै गएको जानकारहरु बताउछ