

धर्मेन्द्र पासवान/लहान
सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख (मेयर) भोला प्रसाद पोखरेलले अहिले पढेलेखेको युगमा साधारण लेखपढ गर्नेले पनि सहि गर्न आउनु एउटा सान नै भएको बताएका छन् ।
मधेश प्रदेश भरिका ८ वटा जिल्लाका १ सय ३६ पालिकाहरू मध्ये कर्जन्हा नगरपालिका वडा नं -१ प्रथम साक्षर वडा घोषणा कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्दै यस्तो बताएका छन् । उनले यत्रो दुनियाँमा पढेलेखेकोहरू माझ ल्याप्छे लगाउनुको साटो हस्ताक्षर गर्न पनि कर्जन्हा नगरपालिका यस्तो कार्यक्रम लागु गरेको जिकिर गरे ।
मधेस प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका करिब ४० प्रतिशत निरक्षर रहेको आकलन छ । मधेशमा साक्षरतादर निकै कमजोर रहेको विषयमा जनप्रतिनिधि नै बेखबर पाइरहेको बेला कर्जन्हा नगरपालिकाले साक्षरतादरलाई बढाउन एक कदम अगाडि बढेको देखिन्छ ।
यस अघि नै कर्जन्हा नगरपालिका-१ नं वडा सरसफाइयुक्त वडा घोषणा भइसकेको र साक्षर वडा घोषणा हुनुमा पनि प्रथम भएको वडालाई कर्जन्हा नगरपालिकाकी उप-प्रमुख (उप-मेयर) लक्ष्मी कुमारी श्रेष्ठले भाग्यशाली वडा भएको विश्वास व्यक्त गरिन् । उनले सहभागी महिलाहरूलाई अबदेखि कुनै कामको लागि वडामा, बैंकमा अथवा कुनै कार्यालयमा कामको लागि जाँदा हस्ताक्षर गर्न आउँदैन ल्याप्छे नै लगाउँछु भन्ने नपाइने आग्रह समेत गरिन् । उप-प्रमुख श्रेष्ठले हस्ताक्षर गर्न नआउनेलाई पालिकाबाट पाइरहेको सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाइन् ।
१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ ।
साक्षर नेपालको साझेदारीमा नेपाल सरकारको कर्जन्हा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडालाई एक कार्यक्रमका बीच साक्षर घोषणा गरिएको कार्यक्रम विशिष्ट अतिथि तथा कर्जन्हा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले प्रस्ट पारे । उनले ‘मधेश प्रदेशमै सम्भत: पहिलो साक्षर वडा घोषणा भएको होला । संचारकर्मीहरूलाई अनुसन्धान गरेर हाम्रो दावी के छ त्यो भन्नु होला हामी दोस्रो व तेस्रो हुन सक्छौं त्यही भएर हाम्रो दावी प्रथमै हो ।’ प्रशासकीय अधिकृत दनुवारले यदि यो सत्य हो भने यो कुरालाई संचारको माध्यमबाट बाहिर ल्यादिन आग्रह पनि गरेको छ ।
साक्षर वडा घोषणा कार्यक्रममा विशेष भूमिका निर्वाह गरेका कर्जन्हा नगरपालिकाका शिक्षा शाखा प्रमुख रामभरोस यादव लगायत आफ्नो अमुल्य मेहनत लगाएर वडा नं -१ लाई साक्षर घोषणासम्म ल्याइपुर्यानुहुने स्वयंसेवकहरूलाई कार्यक्रमका अध्यक्षता गरेका वडा नं -१ का वडा अध्यक्ष फणिन्द्र प्रसाद पोख्रेलले धन्यवाद व्यक्त गरेका थिए ।


