neelambAd

प्रवेश मिश्रा

राजविराज, ३१ जेठ । लोकसेवा आयोगले लिएको परीक्षामा अर्काको नाममा परीक्षा दिएको आरोपमा सप्तरीका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–११ का नायब सुब्बा ३० वर्षीय नारायण यादव र सोही ठाउँका सह–लेखापाल ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार रहेका छन् ।

नायब सुब्बा यादव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत छन् भने सह–लेखापाल सुतिहार कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा कार्यरत छन् । यादवलाई गत शुक्रवार दिउँसो राजविराजबाट पक्राउ गरेर रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसूर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए । अर्काको नामबाट परीक्षा दिएर र दिन लगाएर बेइमानी गरेकाले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता अर्यालले बताए ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय