neelambAd

चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई नगरपालिकामा विषादिमुक्त सप्ताहको आज समापन गरिएको छ।

जैविक खेती आई. पि.एम. कृषक समुहका अध्यक्ष भिमबहादुर राईको अध्यक्षतामा तथा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको प्रमुख अातिथ्यमा भएको कार्यक्रममा कनकाई नगरमा कृषकहरुले कसरी आलि बाट थाली सम्म बढीभन्दा बढी विषादिरहित अन्नबाली उत्पादन गर्ने भन्ने उध्येश्यका साथ नगरलाई कृषि बालीमा विषादिमुक्त बनाउनकै लागी सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

उहाँले कृषकहरुलाई सुरु सुरुमा उब्जनी कम भएपनी विषादी प्रयोग जिवनका लागि हानिकारक हो भन्ने कुराको हेक्का गरि नगरलाई विषादिमुक्त बनाउन सबै लागि पर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त गर्नका लागि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले बताउनुभयो ।

कार्यक्रममा गरमकाली आई पि एम कृषक समुह , जैविक आई पि एम कृषक समुह , परिवर्तन आप्रवासी आई पि एम कृषक समूह , कनकाई आप्रवासी आई पि एम कृषक समुह , माता मन्दिर आप्रवासी आई पि एम कृषक समुह , पाथीभरा आप्रवासी आई पि एम कृषक समुह , सृजनसिल आप्रवासी आई पि एम कृषक समूह , नव उदय आप्रवासी आई पि एम कृषक समूह लगायत दसवटा भन्दा बढी कृषक समुह , वडा न २ का बडा अध्यक्ष प्रताव राई , वडा न ३ का अध्यक्ष युवराज चौलागाईं , अन्य जनप्रतिनिधि , विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि , पशुपति एकडेमी सुरुङ्गा , हरिकुल नमुना सेकेन्डरी स्कुल , प्यारागन विध्यालय, मेरिगोल्ड र भृकुटी माध्यमिक विध्यालय दुर्गापुरका बिद्यार्थी लगायतको सहभागिता रहेकोे थियोे । पछिल्लो समय हरेक बालीमा विषादिको प्रयोग बढ्दै गएको भन्दै नगरमै यसलाई विषादिमुक्त बनाउन सप्ताह अभियान सन्चालन गरिएको कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो ।

बुधबार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा जेसीस हलमा आयोजित कार्यक्रममा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी बालीमा कसरी विषादिरहित बनाउने बारेमा कृषि क्याम्पस गौरादहका विद्यार्थीहरुबाट सचेतनामुलक नाटक प्रस्तुत गरिएको कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिनुभयो।

कार्यक्रममा रासायनिक विषादि न्यूनीकरणमा विद्यार्थीको भुमिका विषयमा गरिएको वक्तृत्वकला प्रतियोगितामा हरिकुल नमुना विध्यालय कक्षा १० की विद्यार्थीको नुमा श्रेष्ठ प्रथम , झापा मेरिगोल्ड विद्यालय कक्षा १० कि बिद्यार्थी प्रिन्सा तिम्सिना दोश्रो र झापा मेरिगोल्डकै कक्षा १० का बिद्यार्थी आदित्य बुढाथोकी तेस्रो भएका थिए । सहभागी सबैलाई प्रमाणपत्र साथै पुरस्कारको व्यवस्था गरिएको थियोे ।
बालीमा कसरी विषादिरहित बनाउने बारेमा सचेतनामुलक नाटक ,गित समेत प्रस्तुत गरिएको कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिनुभयो । कारितास नेपालका प्रादेशिक प्रबन्धक देवेन्द्र पोख्रेलले स्वागत तथा औचित्य माथी प्रकाश पारेको कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विस्ट , कनकाई कृषि शाखाकि अधिकृत प्रियन्का गौतम , कनकाई नगरपालिकाका बालमैत्री स्थानीय शासन बिज्ञ प्रजेश खनाल लगायतले शुभकामना राख्नुभएको थियोे । नगरका कार्यक्रममा जिल्लाभरिका ३ सय बढी कृषकको सहभागिता रहेकोे कार्यक्रमको सञ्चालन कारितास नेपालका कृषि प्राविधिक कट्टेल र वरिष्ठ सामाजिक परिचालक शिवाकोटी द्वयले गर्नुभएको थियोे ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय