neelambAd

पर्सा,२९ जेठ । सुगम जिल्लाको रुपमा चिनिने पर्सामा खानेपानीको ठुलो समस्या देखिएको छ । गर्मी बढेकै कारण जिल्लाको अधिकारन्स भागमा रहेका चापाकल सुकन थालेपछि खानेपानीको समस्या देखापरेको छ।

जिल्लामा रहेका ९५ प्रतिशत चापाकलको पानी सुकेपछि सर्वसाधारणले दैनिक कार्यमा समस्या खेप्नु परेकोछ ।  एकाविहान र अबेरराति कलमा थोरै पानि आएपनि दिउसोको समयमा गर्मी परेको बेला कल सुख्खा भएपछि खानेपानीको समेत समस्या भोगनु परेको स्थानियले बताएका छन् । 

अफुले जन्मे देखि यश प्रकारको सस्या प्रथम पटक देखेको र यसले गर्दा जनजिवन निकै नै प्रभाबित बनेको बिरगन्ज रानिघाट ११ बस्ने प्रदिप सराफले बताए । आफुले कहिले पनि न सोचेको कुरा ब्यवहार मै भोगिनु परेको छ । प्रकृतिले देखाएको यो दिन अब पनि हामी सचेत भएनै भने आउने हरेक वर्ष झन झन गार्हो हुने सराफले गोप्य सिला लाई बताए । 

प्राकृतीक भुजलकोे चरम दोहनका कारण चपाकल सुक्ने समस्या देखिएको नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख निरण महर्जनले जानकारी दिनु भयो । उहाँले जन धनत्व धरै भएको वीरगन्ज सहरमा घरैपिछे एक भन्दाबढी चापाकल लगाइएको र उक्त कलबाट मोटरको प्रयोग गरी प्रकृतीक जलस्रोतलाई अत्याधिक मात्रामा प्रयोग गरिएकाले यो समस्या देखिएको बताउनु भयो ।

गाउ देखि सहरी क्षेत्रमा निर्माण भइरहेका आरसिसी, पिसिसी सडक नालाको कारण वर्षाको पानी सोझै बगेर जाने गरेकाले भुजल कम हुदै गएको प्रमुख महर्जनले जानकारी दिनु भयो ।

बढदो प्रदुषण र वनक्षेत्रको अतिक्रमणले गर्दा गर्मी वृद्धी भई खानेपानीको समस्या देखिएको र अहिलेपनि भुजलको संरक्षण प्रति गम्भिर नभए आउने वर्षहरुमा खोपानीको ठुलो समस्या हुने जानकारहरु बताउछन् ।

पर्सा जिल्लामा अहिले न्युनतम तापाक्रमा ३० डिग्री देखि अधिकत्म तापाक्रम ४४ डिग्रीसम्म पुगेपछि असार १ गते
सम्मकालागि सबै विद्यलायको पठनपठान बन्द गरि विदा
दिइएको छ ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय