

पर्सा २२जेठ । लगातार बढ्दै गएको गर्मीले पर्सावासिको जन जिवनलाई नराम्ररी प्रभावित गरेका छ । एकाविहानै देखी तापाक्रम उच्च विन्दुमा पुगन थालेपनि गर्मीका कारण पर्सावासिको दैनिकी नै प्रभावित हुन थालेको छ ।
बढदै गएको गर्मीले एकातर्फ जिल्लाको विजनश व्यपारमा नकारात्मक प्रभाव पारेको छ भने अस्पतालमा विरामीको संख्या लगातार बढ्दै गएको छ । दिउसोको समयमा वीरगन्ज बजार सुनसान हुने गरेको छ भने वीरगन्जमा रहेका सरकारी तथा गैरसरकारी अस्पतालहरुमा विरामीको संख्या थपिदै गएको छ ।
दिउसोको तापाक्रम ४४ डिग्री पुगनथालेपछि वीरगन्ज बजार सुनसान हुने गर्दछ भने, यसको सिधा नकारात्मक प्रभाव आफुहरुको व्यपारमा परी रहेको कपडा व्यपारि कौशल किसोर बर्णवालले जानकारी दिनु भयो । उहाँले गर्मीका कारण ग्राहक विहान र बेलुका बजारमा आउने गरेपनि व्यपार खासै नभएइको जसकारण यो गर्मीले मानव शरिरमा र दैनिकिमा मात्र न भई आर्थीक भार थपि चौर्तफी पिडा थपेको बताउनुभयो । .



त्यसतै गर्मीका कारण बजारमा सर्वसाधारणको उपस्थित न्युन हुदै गएपछि घरव्यवहार धान्न समेत गारोह हुन थालेको जुत्ता मर्मत गर्ने वीरगन्ज ८ गहवा निवासी विजय रामले गुनासो गर्नुभयो । अहिलेको प्रचण्ड गर्मीका बेला वीरगन्ज सहरमा आउने सर्वसाधारणलाई सबै भन्दा ठुलो सुद्ध खानेपानीको समस्या देखिएको घण्टाघर चोकमै जुत्ता मर्मत गर्ने वीरगन्ज ८ गहवान निवासी दिपक रामको भनाइ रहेको छ । चर्को गर्मी परिरहेको वर्तमान अवस्थामा घण्टाघर चोक, माईस्थान चौक, मुर्ली चोक, आदर्शनगर चौकर लगायतका स्थानमा महानगरपालिकले खानेपानीको व्यवस्था गरे सर्वसाधारणलाई ठुलो राहत पुग्ने दिपकले बताउनुभयो ।
लामो समयदेखि आकासे पानी नगपर्दा पर्साको हाल न्युनतम तापाक्रम २६ र अधिकत्म तापाक्रम ४४ डिग्री पुगरी रहेको छ ।