

वीरगञ्ज । राष्ट्रिपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको विरोधमा जन्मसिद्ध नागरिकका सन्तानले सोमबार वीरगञ्जमा प्रदर्शन गरेका छन् ।
सर्वोच्चको अल्पकालीन आदेशले आफूहरु थप पिडामा परेको भन्दै उनिहरुले प्रदर्शन गरेका हुन् । नागरिकता विहिन सङ्घर्ष समितिको अगुवाइमा उनिहरुले प्रदर्शन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको फोटोसमेत जलाएका छन् ।



घण्टाघर चोकमा जम्मा भइ नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर केही बेर धर्ना दिएका उनिहरुले त्यसपछि पुन: जुलुहसहित नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए ।नगरपिरक्रमा पछि पुन: घण्टाघरमा पुगेर उनिहरुले सडकमै बसेर धर्नासमेत दिएका थिए ।
संधष समितिका बिवेक रौनियारल कार्यक्रममा बोल्दै रबिले आफनो नागरीकता एकदिन न हुदा उनले आफनो पिडा मिडियामा समेत बोल्न नसेको सर्व जाहिरनै छ । तर हामी वर्षै देखि नागरीकता न हुदा हामी लाई कस्तो पिडा हुन्छ त्यो पनि बुझनुपर्ने हो र अब यो आन्दोलन मेचि देखि माहाकालि सम्महुनेछ र यस आन्दोल बाट कुनै क्षति भएमा राज्यजिमम्ेवार हुने संधष समितिका बिवेक रौनियारले गतीशिला लार्इृ बताए