

जेठ १७, राजविराज । प्रवेश मिश्र
प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले विकासको काममा नेताहरुलाई पार्टीगत सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । बुधबार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नवनिर्मित नर्सिङ कलेज भवनको समुद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



राजविराज नगरपालिकाको आयोजना तथा जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवको प्रमुख आतिथ्यमा गरिएको उक्त कार्यक्रममा बिभिन्न पार्टीलाई आमन्त्रण भएपनि सहभागि नभएमा उनले दुख व्यक्त गरे ।
नर्सिङ कलेज भवन निर्माण कुनै पार्टीको काम नभई विकासको काम रहेकोले यसमा पार्टीगत सोच नराखि विकासको काममा सहयोग गर्न उनले सबैलाई आग्रह गरे ।
सप्तरी-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भए बार-२ बाट उपनिर्वाचनमा निर्वाचित उनले आफु बारा गएपनि सप्तरीको विकास निरन्तर भइरहने बताए ।