neelambAd

पठन पाठनलाई कुनै प्रभाव पर्दैन- नगरप्रमुख सिंह


वीरगन्ज पर्सा, ०९ जेष्ठ । पर्सा जिल्लामा संचालित रहेका सम्पुर्ण सामुदायिक विद्यलायको पठनपाठन बन्द गर्ने शिक्षक महासंघ पर्साले घोषणा गरेको छ । नेपाल शिक्षक महासंघ पर्साले जेष्ठ १२ गते देखी जिल्लाभरीका समुदायिक विद्यलायको पठन पाठन बन्द गर्ने घोषणा हो । शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले मंगलबार वीरगन्जमा आयोजित एक कार्यक्रमका बीच पठन पाठन बन्द गर्ने घोषणा गरेका हुन ।


वीरगन्ज महानगरपालिकाको मुलगेटमा जारी शिक्षकहरुको धनालाइ सम्बोधन गर्दै अध्यक्ष यादवले जेष्ठ ७ गतेदेखि जारी चरणबद्ध आन्दोलनलेपनि स्थानिय तहका प्रमुखहरुलाई कुनै प्रभाव नगरेकाले बाध्य भएर कडा आन्दोलनमा जानु पर्र्नेआवस्था आएको बताउदै जेष्ठको १० गते समुदायिक विद्यलायको ६ र ७ घण्टीलाई वहिस्कार गर्ने, जेष्ठ ११ गते टिफिनपछि पठकन पाठन बन्द गर्ने र १२ गतेदेखि विद्यलायमा हाजिर भई पूर्णरुपमा अध्ययन अध्यापन बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।


सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले शिक्षा ऐन विपरित गरिएको सुरुवा बढुवा फिर्ता लगायत १० सुत्रीय माग पालिकाका प्रमुखहरुलाई बुझाएपनि हालसम्मक कुनै सुनुवाई नगरेको आरोप लगाए । उनले वार्ता र सम्वादको माध्यमले समस्याको समाधान खोजन पालिकाहरुलाई पहल गर्दा समेत कुनै सुनुवाइृ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको दावी गरे ।

यसै विषयमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसंग बुझाद उहाँले शिक्षकहरुलाई वार्तामा बोलाउदा वार्तामा नआएने र व्यत्तिगत स्वार्थपूर्तीकालागि आन्दोलन गरेकाले उनको आन्दोलनले केही फरक नपर्ने विश्वास व्यक्त गरे । गोप्यशिलासंग कुरा गर्दै नगर प्रमुख सिंहले ‘साुमदायिक विद्यलायमा रहेका शिक्षकको संख्या र धर्नामा सहभावि रहेका शिक्षकहरुको संख्यालाइ मिलाई हेर्नुस, यिनको पक्षमा कति छन र यिनको विपक्षमा कति छन ? सजहे थाहपाउन सकिन्छ ’ व्यक्तिगत स्वार्थपूतीका लागि आन्दोलनमा उत्रीएकाहरुसंग शिक्षकको ठुलो संख्या असंतुष्ट रहेको दावी गरे ।सामुदायिक विद्यलायको पठन पाठन जसरी संचालित छ त्यसतै १२ गतेपछिपनि चल्ने छ नगर प्रमुख सिंहले दावी गरे । उनले इनको विकल्प महानगरपालिकाले खोजिसकेकाले आन्दोलनले अध्ययन अध्यापनलाई कुनै फरक नपर्ने थोकुवार गर्नु भयो


शिक्षा ऐन विपरित पालिकाहरुले गरेको शिक्षक सरुवा तथा बढुवा फिर्ताको माग गर्दै नेपाल शिक्षक संघको अगुवाईमा जेष्ठ ७ गते देखि शिक्षक आन्दोलनमा उत्रीएका छन् ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय