neelambAd

जेष्ठ ०९ गते , वीरगन्ज
वीरगन्जका सरकारी कार्यालय र नारायणी अस्पतालमा सेवाग्राहीको सहजीकरणका लागि जनमत पार्टीले ‘टस्क फोर्स’ गठन गरि ‘ हेल्पलाइन नम्बर’ सञ्चालन गर्ने भएको छ ।वीरगन्जमा बसेको जनमत पार्टी पर्सा र उसका पेशागत संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

जनताको चाप बढि हुने सरकारी कार्यालय ,अस्पताल तथा प्रशासनिक कार्यालयहरुमा सहज र सुलभ सेवा तथा सेवाग्राहीलाई सहजीकरण गर्नका लागि टस्क फोर्स गठन गरि हेल्प लाइन नम्बर सन्चालन गर्ने निर्णय गरिएको जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले जानकारी दिए ।

यस्तै बैठकले वीरगन्जमा यहि जेष्ठ २७ गते पार्टीका अध्यक्ष डाक्टर सिके राउतको प्रमुख आतिथ्यतामा आयोजना हुने बृहत पार्टी प्रवेश कार्यक्रमलाई सफल बनाउन अभियान चलाउने र वर्गीय मञ्च एंव पेशागत संगठनलाई विस्तार गर्ने निर्णय पनि गरेको सर्राफले जानकारी गराए ।

बैठकमा जनमत चिकित्सक संघका पर्सा संयोजक एवं केन्द्रिय परिषद सदस्य डाक्टर अजय यादव , कानुन ब्यवसायी संघका अधिवक्ता हरिहर साह, शिक्षक संघका संयोजक अखिलेश पाण्डे, विद्यार्थी संगठनका संयोजक राजु गिरर, महिला संगठनकी संयोजक अन्जना गुप्ता, सचिव रेखा यादव , पार्टीका जिल्ला उपसंयोजक रामजी रौनियार लगायतको पनि सहभागगीता थियो ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय