neelambAd


बैशाख ८ गते ।

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सोमवार २ सय भन्दा बढी किसानले आ–आफ्नो खेतबारीको माटो परीक्षण गराएका छन् ।
चक्रघट्टा गाउँपालिकाको आयोजना तथा माटो तथा मल परीक्षण प्रयोगशाला सप्तरी राजबिराजकाको सहयोगमा माटो परीक्षण गरिएको कृषि शाखाका नायब प्राबिधिक सहायक टिका बस्नेतले जानकारी दिएका छन् । एक दिने माटो परीक्षण कार्यक्रममा पालिका २ सय २५ जनाले आ–आफ्नो खेतबारीको माटो परीक्षण गराएका छन् । प्रदेश स्तरीय कार्यालयबाट आएका ३ जना प्राबिधिक सहितको टोलीले माटो परीक्षणको काम गरेको बस्नेतले बताए ।
माटो परीक्षणको क्रममा नाइट्रोजन, पोटास, फसफोरस, अम्लियपन र माटोको किसिमको परीक्षण गरिएको माटो तथा मल परीक्षण प्रयोगशाला सप्तरी राजबिराजका कार्यालय प्रमुख सुनिल कुमार सिंहले बताएका छन् । परीक्षणको क्रममा अरु रिपोर्ट बाँकी आउन रहेपनि प्रारम्भिक रुपमा यस पालिकाको माटो अन्य ठाउँ भन्दा राम्रै रहेको बताएका छन ।
माटो परीक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले कृषि क्षेत्रको उत्पादकत्व बढाउने उदेश्यले माटो परीक्षण गरिएको बताएका छन् । यस पालिकामा अधिकांश कृषि आधारित परिवारहरु छन् । परीक्षणले माटोमा देखिएका समस्याहरुको समाधान हुने अध्यक्ष यादवले बताएका छन् । परीक्षणले माटोमा देखिएको समस्या पहिचान गरि त्यसको समाधान गरि कृषिबाट किसानले अपेक्षाकृत उत्पादन गर्ने सक्ने यादवले बताए ।
कार्यक्रमका पालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव, कृषि शाखा प्रमुख रामइश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय