neelambAd


बखतियार अलि–
सर्लाही ६ जेष्ठ । शान्ति, सुशासन र समृद्धिको नारा सहित सर्लाहीका नागरिक अगुवाहरुले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको छ । सर्लाहीको सदरमुकाम मलंगवा स्थित राजश्री चोक देखि तुलब्यानर सहित नागरिक अगुवाहरुले जुलुस प्रदर्शन गरि मलंगवामा रहेको शहिद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । भ्रष्टाचार विरुद्ध वृहत नागरिक अभियान संचालन गरेका छु । नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताउनु भयो । कार्यक्रमको संचालन समेत गरेको महासचिव शिवचन्द्र चौधरीले काण्डै काण्डले भ्रष्टाचारको भुरमुरीमा फस्दै गएको देशलाई बचाउन नागरिक अगुवा, नागरिक समाज, पत्रकार, समाजिक अभियन्ता एकजुट हुनुपर्ने कुरामा चौधरीले जोडदिनु भयो । राज्यमा व्याप्त भ्रष्टाचारका कारण देशमा आर्थिक संकट उत्पन्न भएकोले देशलाई माया गर्ने सबै नागरिकले भ्रष्टाचार बिरुद्ध सडकबाट आवाज बुलंद गर्नुपर्ने महासचिव चौधरीको कथन रहेको थियो । कोणसभामा बोल्दै समाज सेवी दयाकान्त मिश्रले भने भ्रष्टाचार देश र जनता सबैका लागि घातक रहेकोले यस्ता व्यतिmहरुलाई सामाजिक बहिष्कार गरि कानुनी दायरामा ल्याउनु पर्छ । नागरिक अभियन्ता रजनीकान्त झाले नेता, मन्त्री सबै जना भ्रष्टाचारमा लिप्त रहेका बेला यस्ता नेताका श्रीमती, छोरा पनि भ्रष्टाचारका मुख्य नाईके भएको खबर सार्वजनिक भएपछि नेपाली जनता निरास भएको छ । भ्रष्टाचार नियन्त्रण र न्युनीकरणका लागि नागरिक खबरदारी गर्नुपर्ने समय आएको वहाले बताउनु भयो । संचारकर्मी मनोज यादवले भने जुन मुलुकमा तलदेखि माथि सम्म भ्रष्टाचारको जालो जेलिएको छ । भ्रष्टाचारका कारण देश आर्थिक संकटमा जानु चिन्ताको बिषय रहेको संचारकर्मी यादवले बताए । भारत मैत्री संघका सभापति रामदेव ठाकुरले भ्रष्टाचारका कारण राज्यमा अहिले बेथिती अराजकता र अन्यौल बढदै गएको छ । आंचारको बिरुद्ध हुने सबै खाले कार्य भ्रष्टाचार रहेको वहाले स्पष्ट पार्नु भयो । भ्रष्टाचार नियन्त्रण गर्न हामिले आफै आफनै गाउ, टोल समाजबाट अभियान शुरु गरे प्रभावकारी हुने ठाकुरले भने । मानव अधिकारवादी मुकेश मिश्रले अब नेताहरुलाई बेच्न केहि बाकी नभएपछि नेपाली नागरिकलाई सरनार्थी बनाई बिदेशमा बेच्न थालेको बताए । भुटानी सरनार्थी प्रकरणमा भएको भ्रष्टाचारलाई बाहिर ल्या
एर दोषीहरु जो भएपनि हदै सम्मको कार्वाही हुनुपर्ने वहाले जोडदार माग गर्नुभयो कार्यक्रमको नेतृत्व गर्दै नागरिक समाजका अगुवा उग्रकान्त झाले भ्रष्टाचार बिरुद्धको नागरिक अभियान अब निरन्तर भईरहने बताउदै यसमा सबैको साथ र सहयोगको अपेक्षा रहेको वहाले जिकिर गर्नुभयो । भ्रष्टाचार बिरुद्धको नागरिक अभियानलाई कृयाशिल बनाउदै जिल्ला भरिका सबै गाउ, टोलमा यो अभियान गर्ने हाम्रो योजना रहेको वहाले भने । आम नेपाली नागरिक भ्रष्टाचारबाट आजिज भईरहेको बेला देशमा सुशासन कायम गर्न भ्रष्टाचार बिरुद्धको यो नागरिक अभियालले ठुलो भुमिका खेल्ने नागरिक समाजका अगुवा झाले दाबी गर्नुभयो ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय