neelambAd

वीरगन्ज,०५ जेष्ठ ।

मिटर व्याजीलाई कार्यवाही गर्न नेपाल सरकारले ल्याएको अध्यादेशको विरुद्धमा नेपाल बार एशोसिएशन पर्सा उत्रिएको छ । मुलुकी अपराध संहिताको केही दर्फा संशोधन गर्दै नेपाल सरकारले मिटर व्याजीलाई कार्यवाहीको दायारमा ल्याउन ल्याएको अध्यादेशको विरोधगर्दै बार पर्साले एक विज्ञप्ती नै प्रकाशित गरेको छ ।
बार पर्साका सचिव मुमुताज अहमदले बिहिबार र्साजनिक गरेको विज्ञप्तीमा सरकारले ल्याएको अध्यादेशमा मुलुकी अपराध संहितको दर्फा ३६को उपदफा ५को प्रतिन्धात्मक वाक्याँश झिकिएको भन्ने व्यवस्थाप्रती बार पर्साको गम्भिर ध्यान आकृष्ट भएको जनाएका छन् ।

अध्यादेशको दर्फा ३को उपदफा २ मा थपिएको प्रतिन्धात्मक वाक्याँश ,दर्फा ४को उप दर्फा २ अन्तरगत थपिएको ३को क र ३ को ख मा भएको कानुनी व्यवस्थाले नेपालको संविधान र न्यायको मन्य सिद्धन्त प्रतिकुल रहेको ठहर गरेको छ ।मुलुक भरी नै ठुलो समस्याकोे रुपमा देखिएको मिटर व्याजको समस्यालाई समाधान गर्न नेपाल सरकारले ल्याएको अध्यादेशमा गरिएको कानुनी व्यवस्थाले वर्षौदेखि चलि आएको समाजिक व्यवहार र जनजिवनलाई ठप्पा पार्ने भएकाले अध्यादेशमा भएका तृटीलाई सच्याउन बार पर्साले नेपाल सरकालाई आग्रह गरेको छ ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय