neelambAd

जेष्ठ ४ गते, वीरगन्ज
नक्कली शरणार्थी काण्ड लगायत भ्रस्टाचारका काण्डहरुलाई निश्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले आज वीरगन्जमा प्ले काड सहित धर्ना प्रदर्शन गरेका छन् । जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको बिरोध कार्यक्रममा वक्ताहरुले नक्कली भुटानी शरणार्थी काण्ड छनबिन निश्पक्ष हुनु पर्ने , मधेस सरकारको साईकल घोटाला काण्ड , छोरीबिमा कार्यक्रम , पोखरी सौन्दर्यकरणको नाममा भएको भ्रस्टाचार काण्डहरु सुक्ष्म तरिकाले छानबिन गरि भ्रस्टाचारीहरुलाई कडा कार्वाही गरि सबै सम्पत्ति जफत गर्नु पर्ने माग गरेका थिए। भ्रष्टाचारका घटनाहरु निस्पक्ष छानबिन गर्दा खुटा नकमाउन आग्रह गर्दै नेपाल प्रहरीका अधिकारीलाई फुल गुच्छाले सम्मान पनि गरिएको छ।


कार्यक्रममा पार्टीका नेताहरु केन्द्रिय सदस्य डा अजय यादव , जिल्ला सह( इन्चार्ज मुकेश दिवेदी, सह संयोजक रामजी रौनियार , अधिवक्ता हरिहर साह,कृष्ण पटेल ,महिला जिल्ला जिल्ला सचिव रेखा यादव, विद्यार्थी जिल्ला अध्यक्ष राजु गिरी, नेताहरू सिए अजय चौरसिया, श्याम गुप्ता, , बिराजु यादव, राम नरेश पटेल ,संजय बर्मा , बिजय यादव ,,उमाशन्कर गुप्ता, महेश चौरसिया ,महादेव शर्मा,कृष्ण कुशवहा ,मनोज पटेल ,गुडु तिवारी लगायतका सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण जिल्ला सचीव राजनारायण मिश्रले गरेका थिए।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय