neelambAd

संकर गणेश / रक्सौल

भारतको रक्सौलमा बन्धक बनाइएका ११ जनालाई भारतीय प्रहरीले उद्धार गरेको छ । प्रहरी निरीक्षक मनोजकुमार शर्माको नेतृत्वमा रहेको भारतीय प्रहरी टोलीले रक्सौलमा बन्धक बनाइएका आठ महिला र तीन पुरुषलाई उद्धार गरेको हो ।

राम्रो तलबसहित मार्केटिङको काम दिने प्रलोभनमा विभिन्न समयमा बोलाईएका उनिहरुलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको प्रहरीको भनाई छ । एएसटीयु एसएसबी रक्सौलको संयुक्त टोलीद्धार उद्धार गरिएका आठमध्ये सात जना झारखण्ड र एक जना बंगालका युवती हुन् ।

प्रहरी निरीक्षक शर्मालाई झारखण्डकी पीडित युवतीकी आमाले आफ्नो छोरी रक्सौलमा बन्धक रहेको सूचना दिएपछि रक्सौल प्रहरीले रेस्क्यु अप्रेशन सुरु गरेको थियो । प्रहरीले मोबाइलको लोकेशन पछ्याउदै पीडित किशोरीलाई बन्धक बनाइएको स्थानमा पुगेर उद्धार गरेको हो ।

उद्धार गरिएका किशोरीले आफूहरुमाथी पीडकले यौन शोषण गरेको बयान दिएका छन् । पीडकले १२ हजार रुपैया दिएमा मुक्त गरिदिने भन्दै रकम माग गरेको र उक्त रकम बुझाउन नसक्दा आफूहरुलाई औषधी खुवाउँदै यौन शोषण गरेको बयान किशोरीले दिएको प्रहरीको भनाई छ । पीडित युवकसँग भने बन्धक बनाउनेले २० हजार नगद माग गरेका थिए ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय