neelambAd

वीरगञ्ज ।  बन्द अवस्थामा रहेका सरकारी उद्योग पुर्नसञ्चालन गर्ने गृहकार्य सरकारले गरीरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए । नेपाल प्रेस युनियन पर्साको दसौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले वीरगञ्ज चिनी कारखानासहित अन्य बन्द अवस्थामा रहेका सरकारी उद्योगहरु पुर्न सञ्चालनमा सरकार लागि परेको जानकारी गराए । 

उनले भने, ‘बन्द रहेको वीरगञ्ज चिनी कारखानासहितका सरकारी उद्योगहरु फेरी चलाउनका लागि सरकारले गृहकार्य गरिरहेको छ । कुन मोडलमा चलाउने बारेमा छलफल चलिरहेको छ ।’ उत्पादन र उद्योगले नै देश समृद्ध बन्ने दावी गर्दै उनले त्यसका लागि उद्योगहरु सञ्चालन गर्नुपर्ने आवश्यक्ता औँल्याए । 

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय