neelambAd

वीरगंज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नै देशको नागरिकको नक्कली पहिचान अगाडी सारेर राजनीतिलाई कमाई खाने भाडो बनाएकाहरुलाई कुनै पनि हालतमा नछोडने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा सरकारले चालेको कदमको साराहना गर्दै आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्काे देशको नक्कली पहिचान बनाएर बिदेश पठाएर देशको मान, सम्मान र मर्यादामा आँच पुर्याउने र राजनीतिलाई ठगी खाने पेशाको रुपमा बनाउने जो कोहीलाई पनि कानुनी दायरामा ल्याई दण्डित गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘‘भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा सरकारले कुनै पनि हालतमा खुट्टा कमाउनु हुदैन्, भुटानी शरणार्थी प्रकरणमा मात्रै होईन, अन्य कुनै पनि काममा भ्रष्टाचार गरेका जो कोहीलाई पनि दण्डित गर्नुपर्छ,’’ उनले अगाडी थपे, ‘कोही पनि निर्दाेष फस्नु हुँदैन, तर दोषी उम्किनु भएन् ।’’ ‘‘हामीहरु भ्रष्टाचार बिरोधी महाअभियानको साथमा छौ, अध्यक्ष नेपालले भने, ‘तर यो देश किन पछाडी परेको ?, किन यो देशमा सबै खालका बिकृतीहरु विद्यमान छ ? मिटर व्याजीको शोषणमा जनता मारमा परेका छन् । जनताले यो सबैको आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’’

समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार वीरगजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सरकारी कामकाजमा लापारवाही, भ्रष्चार, अन्याय, अत्याचार लगायत समाजमा रहेका सबै खालका विकृति र विसंगति बिरुद्ध आम जनतालाई जगाउँदै राजनीति दलले अग्रणीय भूमिका खेल्नु पर्ने अहिलेको आवश्यकता रहेको औल्याए ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय