neelambAd

बखतियार अलि

सर्लाही ०१ जेष्ठ । न्यायिक समितिकाे प्रभावकारीता तथा कृयाशिलताका लागि सराेकारवालाहरू संग साेमवार एक कार्यक्रमको अायाेजना गरि अन्तरकृया कार्यक्रम गरिएकाे छ । जिल्लामा रहेका २० वटै स्थानीयतहहरूमा घरेलु हिंसा, महिला हिंसा, लैगिक हिंसा बढदै गएकाे अवस्था छ । पिडित पक्षले न्याय कहाँ पाउने, कसरी पाउने यश बिषयमा कार्यक्रम छलफल भएकाे थियाे । महिला अधिकारकर्मी देवकुमारी महराले कार्यक्रममा अाफनाे कुरा राखदै पिडित पक्षले न्याय पाउनका लागि कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी कार्यालय भाैतारिनु परेर समस्या भाेगे पनि न्याय नपाउदा पिडितले दुख भाेगनु परेकाे महराले गुनासाे गरे । स्थानीय सरकारका न्यायिक समिति प्रभावकारी तथा चाहे जतिकाे कृयाशिल नहुदा ग्रामीण भेगका जनता न्यायका लागि ठाउ- ठाउमा हिडनु परेकाे नागरिक समाजका महासचिव शिवचनद्र चाैधरीले बताउनु भयाे । न्यायिक समितिकाे काम, कर्तव्य तथा अधिकारकाे बारेमा जिल्ला सरकारी वकिल कार्यालयका कैलाश दहालले प्रकाश पार्नुभयाे । जिल्ला प्रशासन कार्यालय सर्लाहीको अायाेजनामा सम्पन्न भएकाे न्यायिक समितिकाे प्रभावकारीता सम्बन्धि कार्यक्रमकाे अध्यक्षता प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गर्नु भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख काैशल सिंहले उपस्थिति जनाएका थिए । न्यायिक समितिकाे प्रभावकारीताका लागि सराेकारवालाहरू संग अन्तरकृया कार्यक्रममा जिल्लाका २० वटै पालिकाका उपप्रमुखहरूलाई आमन्त्रण गरिए पनि कार्यक्रममा कविलासी नगरपालिकाका उपप्रमुख पुनम कर्ण, मलंगवा नगरपालिकाका उपप्रमुख सकुनतला साह, चक्रघटा गाउँपालिकाका उपाअधयक्ष मिना यादव, कविलासी बलरा नगरपालिकाका उपप्रमुख काेशिला देवी, ईश्वरपुर नगरपालिकाका उपप्रमुख रंजिता देवी चाैधरी, बसवरिया गाउँपालिकाका उपाअध्यक्ष सरिता कुमारी साह, हरिवन नगरपालिकाका उपप्रमुख हरिमाया घलान, चनद्रनगर गाउँपालिकाका उपा अध्यक्ष गिता देवी महताे, विषणु गाउँपालिकाका उपा अध्यक्ष उषादेवी, ब्रहमपुरी गाउँपालिकाका उपाअध्यक्ष शयाम कलि यादव, बागमती नगरपालिकाका उपप्रमुख लिला मुकतान त्यसतै हरिपुर्बा नगरपालिकाका न्यायिक समित सदस्य सुशील राय लगायत न्यायिक समितिका पदाअधिकारीहरूकाे कार्यक्रममा सहभागीता रहेकाे थियाे । गरिब तथा बिपनन बर्ग न्यायको लागि दुख भाेगन बाध्य भएकाे सहभागीहरूले बताउदै न्यायिक समितिकाे प्रभावकारीता तथा कृयाशिलताकाे लागि जाेडदार माग गर्नु भयाे । मानवअधिकारवादी मुकेश मिश्रले कार्यक्रममा अाफनाे मन्तव्य राखदै जिल्लामा रहेका न्यायिक समितिलाई प्रभावकारी रूपमा कृयाशिल पर्नुको बिकलप नरहेकाे बताउदै न्यायिक समितिलाई थप कृयाशिल र मजबुत बनाउनु पर्ने कुरामा जाेड दिनुभयाे । कार्यक्रममा नागरिक समाजका अगुवा उग्रकान्त झा, रजनीकान्त झा लगायत संचारकर्मीहरूकाे सहभागीता रहेकाे थियाे ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय