neelambAd

बखतियार अलि-

सर्लाही,बैशाख ३१ ।नेपाल ट्रेड युनियन कांग्रेस सर्लाहीको अध्यक्षमा अनवारुल हक निर्वाचित भएका छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित नाढी तालको सभाहलमा सम्पन्न भएको युनियनको सातौ जिल्ला अधिवेशनबाट खाँ को अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन्। निर्वाचन अधिकृत अधिवक्ता शिव कुमार सिंहका अनुसार उपाध्यक्ष खुल्लामा दिपेन्द्र राय यादव, महिला उपाध्यक्षमा श्रचि दत्त,उपाध्यक्ष (सेवा) दिपबन्धु चौलागाईं , उपाध्यक्ष (उत्पादन क्षेत्र ) संजय कुमार यादव,उपाध्यक्ष(अनौपचारिक तथा स्वरोजगार)शिरोमणि साह रहेका छन्। यस्तै सचिवमा विरन्ची प्रसाद साह, सहसचिवमा कृष्ण धमला र श्याम नन्दन राय,कोषाध्यक्षमा अनिल कुमार यादव,सहकोषाध्यक्ष (महिला) पुजिता कुमारी अधिकारी तथा सदस्य(खु्ल्ला)हरुमा क्रमशः भिम खडका,राम सुन्दर चौधरी ,अशोक कुमार साह,अनिल सिंह,मनोज साह तथा महिला सदस्यहरुमा नितु कुमारी राय,निर्मला ढकाल र अनुराधा मिश्र सर्वसम्मतिबाट निर्वाचित भएका छन् । यसैगरी संघीय प्रतिनिधिमा भाग्य नारायण मिश्र ,सरोज कुमार सिंह तथा प्रदेश प्रतिनिधिमा सुशील कुमार यादव,कमलेश कुमार कर्ण,लालबाबु राय र राम संजोग राय चयन भएका छन् । नेपाली काँग्रेस सर्लाहीका पुर्व जिल्ला सभापति एवं पुर्व सांसद लक्षमण रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा मधेस प्रदेश सांसद कौशल किशोर राय,नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष तेजेन्द्र कार्की , नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष प्रदिप आचार्य,ने.का पुर्व सभापति सत्यदेव सिंह,संविधान सभा सदस्य रामचन्द्र चौधरी ,ने .का क्षेत्रीय सभापति हरि लुंगेली,पुर्व क्षेत्रीय सभापति दिनेश मिश्र, प्रदेश सभापति अनिल कुमार कर्ण,महाधिवेशन प्रतिनिधि योगराज देवकोटा ,मधेस प्रदेश नेपाल शिक्षक संघ उपसभापति भाग्यनारायण मिश्र,ने .शि.महासंघ केन्द्रीय सदस्य बद्री नारायण मिश्र लगायतका विशिष्ठ अतिथिहरुको उपस्थिति रहेको थियो। युनियनमा आबद्ध संगठनहरु मध्ये केन्द्रबाट प्रमाणिकरण भएर आएका १६ वटा संगठनका १२८ जना प्रतिनिधिहरु बाट नयाँ जिल्ला कार्यसमिति चयन भएको निर्वाचन अधिकृत सिंहले जनाएको छ। अधिवेशन पश्चात् नवनिर्वाचित अध्यक्ष खाँ ले ट्रेड क्षेत्रमा रहेका मजदुरको हकअधिकारका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय