

बखतियार अलि-
सर्लाही,बैशाख ३१ -मदरसा संचालन तथा व्यवस्थापन सम्बन्धि सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रम सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । नगरप्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीयअधिकृत गेहनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित भएका नगरपालिका क्षेत्रभरीका १२ वटा मदरसाका प्रमुखतथा प्रतिनिधि र मुस्लिम अगुवाहरु बिच कक्षा अपग्रेड तथा व्यवस्थापन ,एकमुष्ट अनुदान रकम निकासा ,मदरसाको लागि शिक्षक दरबन्दी ,मदरसा सम्बन्धि नीति र निर्देशिका सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने लगायतका विषयहरुमा अन्तरक्रिया गरिएको शिक्षा शाखा प्रमुख प्रमोद मंडलले जनाएको छ। मलंगवा नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा उपस्थित डा.अब्दुर रहिम,युवा नेता समिमबाबु खान,नेपाल मुस्लिम संघका केन्द्रीय सल्लाहकार मो.नुरुल हक मिकरानी,वडाअध्यक्ष जुल्फेकार मिकरानी,इसा मिकरानी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य जनस्वास्थ्य निरिक्षक(मनपा)मो.सलिम मिकरानीले राखेका थिए।


