neelambAd

बैशाख ३० एजेन्सी

भारतको कर्नाटक राज्यमा कांग्रेसले स्पष्ट बहुमत ल्याएको छ । दुई सय २४ सदस्यीय विधान सभामा बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्नेमा कांग्रेसले एक सय १४ सिटमा जित हासिल गरिसकेको बीबीसी हिन्दीले जनाएको छ । अरु २२ सिटमा कांग्रेसको अग्रता रहेको छ ।

सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ले ५० ठाउँमा जित हासिल गरेको गरेको छ भने १४ सिटमा अग्रता छ । सत्तारुढ  भाजपाले हार स्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटक राज्यमा बहुमत हासिल गरेकोमा कांग्रेसलाई बधाई दिनुभएको छ ।

कर्नाटकमा अघिल्लो चुनावमा भाजपाले एक सय चार सिट जितेको थियो । यस पटक भाजपाले नराम्रो हार ब्यहोर्यो भने कांग्रेसले ऐतिहासिक पुनरागमन गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

कर्नाटकको हारलाई भारतीय राजनीतिक विश्लेषकहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन् ।  कर्नाटकमा जित हासिलका लागि प्रधानमन्त्री मोदीले हरसम्भव प्रयास गर्नुभएको थियो । उहाँ चुनावी प्रचारका लागि मात्रै २० पटक कर्नाटक पुग्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

कर्नाटकको सत्तामा पुनरागमन हुनुको महत्त्व कांग्रेसका लागि त्यो राज्यमा मात्र सीमित हुने छैन । यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ । ती राज्यहरुमा पनि बहुमत ल्याउनका कांग्रेसलाई कर्नाटकको जितले हौसला दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, अर्को वर्ष हुने आम चुनावका लागि पनि कर्नाटकको चुनावले अर्थ राख्नेछ । अब अर्को वर्ष हुने आम चुनावमा नरेन्द्र मोदीलाई पछि पार्दै राहुल गान्धी निर्वाचित हुने सम्भावना धेरै रहने बीबीसी हिन्दीले जनाएको छ। 

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय