neelambAd

३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका छन् । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गरे ।

‘दुई चार जनाले हिन्दु राज्य भन्छन्, उनीहरुकै कुरा मानेर हिंड्ने होइन । पार्टीको दर्शन र सिद्धान्ततिर ध्यान दिनुपर्छ’, ओलीले बैठकमा भनेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष ओलीले अब मुलुक हिन्दु राज्यतिर नफर्कने पनि प्रष्ट पारे । ‘मुलुक अब पछाडि फर्कंदैन, यसतर्फ ध्यान दिनुपर्छ’ छिमेकी मुलुक भारतको उदाहरण दिदै ओलिले भने ‘नामै हिन्दुस्थान भएको भारत हिन्दु राज्य होइन, धर्मनिरपेक्ष देश हो’,

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय