neelambAd

बखतियार अलि-

सर्लाही ३० बैशाख । लागू अाैषध सहित सर्लाहीमा दुईजना पक्राउ परेकाे छ । सर्लाहीको बरहथवा नगरपालिका-५ चोरनिया पुलस्थित लागूऔषधसहित दुईजना पक्राउ परेकाे हाे । गोडैता नगरपालिका–३ का अजय सहनी र सोही वडाका ३२ वर्षीय ताजबाबु दर्जी पकाउ परेकाे प्रहरीले जनाएकाे छ ।

शुक्रबार राति ८ बजेको समयमा सर्लाहीको मधुवनीबाट काठमाडौको लागि छुटेको बा.प्र.०६-००१ ख ०००३ नम्बरको यात्रुवाहक बसलाई इलाका प्रहरी कार्यालय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुर चुहडवाका संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट कोलिवेल काउज सिरप १ सय ८७ बोत्तल, नुफिन, फेनार्गन, डाइजोपाम ९२/९२ एम्पुल गरी २७६ एम्पुल, नाइट्राभेट ३०० र नितजा केयर-१० ९०० ट्याब्लेट बरामद भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी मिश्रले जानकारी दिए ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय