neelambAd

बखतियार अलि-
सर्लाही,बैशाख ३० ।

सर्लाहीको सदरमुकाम मलंगवामा अपाङ्गता भएकाहरुकोे लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको गरि अपाङ्गता सहयोग सामाग्री वितरण गरिएको छ। लोक सांस्कृतिक विकास समिति मलंगवाले युनाइटेड इन्स्योरेन्स कम्पनी प्रालि काठमाडौको प्रायोजनमा शनिवार नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरि अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री वितरण गरेको हो।
शिविर अपाङ्ग सहायता सामाग्री बितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

जिल्लाका बिभिन्न ठाउँबाट आएका पुर्ण अशक्तअपाङ्गहरुको लागि ६ थान ह्विलचेयर,७ थान ट्राइसाइकल, ४ थानइयरफोन ,५ थान बेेशाखी, ४ थान ब्लाइन्ड स्टिक र ११ थान एलस्टिक वितरण गरेको मलंगवा जेसिज २०२३ का अध्यक्ष जेसी राम लखन महतोले जनाएको छ ।मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य कौशलकिशोर राय,विशिष्ठ अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,मलंगवा न.पा का नगरप्रमुख नागेन्द्र प्रसाद यादव,कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव,युनाइटेड इन्स्योरेन्सका सि.ए प्रणव कुमार दास,जेष्ठ नागरिक जिल्ला संघ सर्लाहीका अध्यक्ष डा.अब्दुल रहिममिकरानी,समाजसेवी विनय कुमार कर्ण तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान ,शिक्षिका पुनम दास,प्रमोद कुमार लाल दास,नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी,मलंगवा न.पा वडा न-६ का वडाध्यक्ष राम कैलाश राय लगायतका अतिथिहरुले अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान गरि उनीहरुलाई सहयोगको साथै पुनर्सथापन गर्नुपर्नेमा जोड दिएका थिए।
लो.स.वि.स मलंगवाका अध्यक्ष जितेन्द्र लाल दासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सदस्य दिनेश्वर लाल कर्णले स्वागत मन्तव्य राखेका थिए भने सेन्ट ग्रेवियल्स विद्यालय मलंगवाका छात्रछात्राहरुले गीत तथा नृत्यबाट कार्यक्रमलाई थप रोचक बनाएका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि ,स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सर्लाही जिल्लाभरीका स्थानीय तहबाट १ सय भन्दाबढी अपाङ्गता भएका महिला,पुरुष ,किशोर किशोरी तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय