neelambAd

धर्मेन्द्र पासवान/लहान
मधेश प्रदेश स्थित सिरहाको लहानमा रहेको स्कुल अफ स्कलर्सले नयाँ शैक्षिक सत्रमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई एउटा भव्य कार्यक्रमको आयोजना गरि स्वागत गरेका छन् ।
‘Learners Today, Ledears Tomorrow’ (आजको विद्यार्थी, भोलिको नेतृत्वकर्ता) मुख्य उद्देश्य बोकेको ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले नयाँ भर्ना भएका १ सय ६० जना विद्यार्थीहरूलाई स्वागत गरेका छन् ।
सिरहा जिल्लाको कुनै पनि विद्यालयले नयाँ विद्यार्थी भर्ना भएकाहरूलाई कार्यक्रम आयोजना गरेर स्वागत गरेको यो नै पहिलो पटक हो ।


विद्यालयका निर्देशक तथा अध्यक्ष सुदिपराज कुशवाहाको सभा अध्यक्षतामा प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो र विशिष्ट अतिथि विद्यालय अवस्थित रहेको लहान नगरपालिका वडा नं-८ का वडा अध्यक्ष श्याम साह (भोरेभोर) ले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
लहानमा अब ‘स्कुल अफ स्कलर्स’ ले पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । जसको माध्यमबाट आउँदो केहि दिनमै प्रदेशमात्रै होइन देशभरिमै गनिएको चुनिएको सुविधा सम्पन्न विद्यालयको लिस्टमा सामेल हुनेछ ।
हरेक दुष्टिकोण्बाट (एसओएस) व्यवस्थित रहेको परिचय दिँदै लहानको एक नमुना शैक्षिक संस्था बनाउन सफल भएको छ । जसका कारण यस भेगका विद्यार्थीहरू विराटनगर काठमाडौं धरान जस्ता ठाउँमा गएर शिक्षा आर्जन गर्न जानुपर्ने दिनको अन्त्य हुँदै गइरहेको छ । (एसओएस) ले निजी विद्यालयहरूको भिडमा कम समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय