

स्वास्थ्य पत्रकार समुह पर्साले बिगत ३ दशक देखी नारायणी अस्पतालकी नर्स ईन्चार्ज हेमा थापालाई सम्मान गरेको छ । थापालाई नारायणी अस्पतालमा कार्यरत रहि सेवा प्रदान गर्नुका साथै कोरोनाकालमा समेत फ्रण्टलाईनमा रहि निर्भिक तरिकाले बिरामीहरुको सेवा गर्नु प्रशंसनीय रहेको भन्दै कदर स्वरुप कदरपत्रले सम्मान गरेको हो । संस्थाका अध्यक्ष राजेन्द्र सिंह राजपुतको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर निरज सिंह,लगायत स्वास्थ्य पत्रकार समुहका पर्साका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।



Facebook Comments Box