
२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
महानगरले आज सूचना जारी गर्दै नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
महानगर अन्र्तगतका विद्यालय सञ्चालन हुने समयमा एकरुपता नआएको भन्दै यहि जेठ १ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयलाई महानगरले बिहानी कक्षा सुरु गर्न अनुरोध गरेको हो ।
त्यस्तै हाल कक्षा १२ को परिक्षा चलिरहेकोले केही विद्यालयका परिक्षा केन्द्र तोकिएको हुँदा ती विद्यालयलाई परिक्षाको समयावधिको लागि मात्र हुने गरी अनुकुल समय पठनपाठन सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउन समेत सूचना मार्फत आग्रह गरिएको हो ।




Facebook Comments Box