neelambAd

२९ वैशाख,वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मजदुरहरुको टाउको गनेर औधोगिक प्रतिष्ठानहरुको दवावमा हरियो नोट लिएर नेपाली मजदुरहरुमाथि भेदभाव गर्नेहरुलाई सावधान हुन निर्देशन दिनुभएको छ ।वीरगञ्जमा शुरु भएको दुई दिने रोजगार मेलाको उद्घाट्न कार्यक्रममा सिंहले बारा–पर्सा औधोगिक करिडोरमा काम गर्ने नेपाली मजदुरमाथि प्रतिष्ठानको दवावमा टे«ड यूनियनहरुले विभेद गरेको बताउनुभयो । बारा–पर्सा औधोगिक करिडोरमा साना ठुला गरेर ५ देखि ८ सय उद्योगहरु रहेका छन् ।
ती करिडोरका उद्योगहरुमा काम गर्ने मजदुर तथा प्रशासनिक कर्मचारीहरु भने अधिकाशं भारतीय रहेको बताउनुहुँदै सिंहले करिडोरका उद्योगहरुमा एउटै सिप र पेशामा रहेका समान क्षमता भएका भारतीय र नेपाली मजदुरबीच सेवा सुविधामा विभेद रहेको बताउनुभयो । वीरगञ्ज महानगरभित्र दैनिक सेवा लिन आउनेमध्ये अधिकाशंले विकास निमार्ण भन्दा पनि रोजगारीको लागि आउने गरेको महानगरले जनाएको छ ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय