neelambAd

२९ वैशाख,वीरगञ्ज ।

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणले विश्वस्तरमा नेपालको छवि धुमिल भएकोले उक्त प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो । उनले देशका सोझा जनतालाई शरणार्थी बनाएर त्यसमा पनि भ्रष्टाचार गरिनु कठोर अपराध रहेकाले दोषीलाई कडा भन्दा कडा सजाए दिनुपर्ने बताए ।जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले यसो बताए ।

उनले नागरिकता सम्बन्धि विद्ययेक तुरन्त कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिदै दुई पटक दुवै संसदबाट पारित भएको विद्ययेक स्वतः कार्यान्वय हुनुपर्नेमा विभिन्न कारण देखाएर हालसम्म अडकाएर राख्नु खेदजनक रहेको धारणा ब्यतm गरेका थिए । प्रदेश सरकारको फेरबदल बारे संचारकर्मीहरुको चासो लाई संबोधन गर्दै यादवले भने, ‘पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अघि बढ्छ । कुरा कानि हुदै छ प्रदेश सरकारमा मन्त्री मण्डल हेरफेर वा पुनर्गठन हुन्छ। मधेश सरकारबाट जनमत पार्टीलाई हटाउने वा निरन्तरता दिने भन्ने विषयको टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० लाई दिइएको पनि यादवले स्पष्ट पारे । जनमतले गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो हिँड्ने व्यवहार गरेकाले उसको रावैया प्रतिविचार गर्नुपर्ने यादवकोले बताएका थिए ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय