neelambAd

बखतियार अलि- सर्लाही,बैशाख २८ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ सर्लाहीको आयोजमामा स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट ब्लक विकास कार्यक्रम कार्यान्वयन गोष्ठी मलंगवामा सम्पन्न भएको छ।उक्त गोष्ठी इकाई सर्लाही प्रमुख राम बलम प्रसाद साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा बिहीबार मलंगवा स्थित जिल्ला समन्वय समितिको सभहलमा सम्पन्न भएको हो। गोष्ठीमा सर्लाही जिल्लाका २० वटै स्थानिय तहका कृषि /पशु सेवामा कार्यरत प्राविधिकहरुलाई इकाई प्रमुख साहले सर्लाही जिल्लाको पकेट ब्लक विकास कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै त्यस्को कार्यान्वयन प्रक्रियाको लागि सहजिकरण गरेका थिए भने गोष्ठीमा सहभागी कृषि तथा पशु सेवा प्राविधिकहरुले आआफ्नो स्थानीय तहको पकेट ब्लक र अवस्थाको बारेमा जानकारी गराएका थिए।

मन्तव्यको क्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय सर्लाहीका प्रमुख शंकर साहले अहिले देशमा चलिरहेको आर्थिक मन्दीको समस्यालाई चिर्न कृषि क्षेत्रमा उचित लगानी गरेर कृषि क्षेत्रको विकास गर्नुपर्ने विचार राखेका थिए।प्रमुख अतिथिजिसस प्रमुख सिंहले पकेट र ब्लकको विकासका लागि निरन्तरता दिन सुझाव दिएका थिए। गोष्ठीमा जिल्ला समन्वय अधिकारीहोमनाथ सुवेदी ,भेटेरिनरी प्रमुख शंकर साह लगायत विभिन्न स्थानीय तहका कृषि तथा पशु सेवा शाखाका प्रमुख तथा प्राविधिकहरुको उपस्थिति रहेको थियो।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय