neelambAd

वीरगञ्ज २७बैशाख

 वीरगञ्ज महानगरपालिकाले नेपाल आयल निगम वीरगञ्ज शाखालाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा प्रतिमा चौकस्थित शाखा कार्यालय अगाडी बाटोमा फोहोर फालेर आगो लगाएकोले महानगरपालिकाले जरिवाना गरेको हो । 

गर्मीको मौसममा तातो हावा चलिरहेको अव्यवस्थामा गैर जिम्मेवारीपुर्वक बिजुली ट्रान्सर्फमर मुनि फोहोरमा आगो लगाएको पाइएकोले ५ हजार जरिवाना गरिएको सरसफाइ अभियानका संयोजक प्रकाश खेतानले जानकारी दिए । 

सरसफाइमा नगरवासीहरुले फोहोर संकलन गर्न आउने गाडीहरूमा फोहोर राखीरहेको अवस्थामा जिम्मेवार सरकारी निकायले नै गैर जिम्मेवारी कार्य गरेको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले बताए

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय