neelambAd

बिरगंज ।

बिरगंज महानगरपालिका २५ वडा कार्यालयले खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गरेको छ ।

वडा अध्यक्ष आशुतोष चतुर्वेदीको नेतृत्वमा युवा तथा खेलकुद लक्षित कार्यक्रमअन्तर्गत युवा खेलाडीहरुका लागि खेलकुदका सामग्री वितरण गरेको हो ।

वडा स्तरीय बजेटबाट तिन लाख रुपैयाँ बराबरको मौजे टोल, भन्सार टोल,खलवा टोल र ड्राईपोर्ट टोलका खेलाडीहरूलाई क्रिकेट किट, ब्याडमिन्टन, क्यारम बोर्ड लगायतका सामाग्री वितरण गरिएको वडा सचिव हरेराम चौधरीले बताउनु भयो ।

वडाध्यक्ष चतुर्वेदीको वडाभित्र खेलको विकासका लागि आफूले निरन्तर सहयोग गर्ने र खेलको माध्यम बाट घाउ घरमा हुने युवाहरु लागुऔसध बाट टाडा हुने विभिन्न कुलत बाट टाडाराख्न खेलले अहम भुमिका निर्वाह गर्ने बताउनुभयो ।

साथै प्याब्सन क्रिकेट टुर्नामेन्टमा उत्कृष्ट खेल प्रदर्शन गरे बापत अंकितकुमार पटेललाई सम्मानपत्रका साथै क्रिकेट ब्याट प्रदान गरिएको वडाध्यक्ष सचिव हरेराम चौधरीले बताउनुभयो ।

कार्यक्रममा महिला वडा सदस्य तेतरी देबि लगायत वडाका बुधिजिबीहरुको समेत सह भागिता रहेको थियो ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय