neelambAd

नरेशचन्द्र बरबरिया सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले करारमा कर्मचारी भर्ना गर्न लाखौँ रुपैयाँको बार्गेनिँग गरेको अडियो प्रमाण भेला परेको छ ।नेकपा एमालेबाट निर्वाचित कल्याणपुर नगरपालिकाका मेयर साहले नगरपालिकामै एक महिलालाई अनमिको नोकरी लगाईदिने भन्दै रकमको बार्गेनिँग गरेको अडियो फेला पारेको हो ।

कल्याणपुर नगरपालिका वडा नं। ३ पर्साही बस्ने एक महिलालाई अनमीको करारमा नियुक्तिको लागि मेयर साहले रकम लिएको सुन्न सकिन्छ । नियुक्तीको लागि मेयर साहले पहिले नै रकम लिसकेको बताईएको छ ।

नगर प्रमुखमा निर्वाचित भएपछि मेयर साहले सोही नगरपालिककी एक महिलालाई करारमा लगाईदिने भन्दै उनको श्रीमानबाट लाखौँ रुपैयाँ लिएको खुलेको छ । रुपैयाँ लिएर पनि मेयर साहले ती महिलालाई नियुक्ति नदिएको भन्दै उनको श्रीमान आक्रोसित भएपछि रहस्य खुलेको हो ।

मेयर साहलाई पटक पटक नियुक्तिको लागि दबाब दिँदै नभएको खण्डमा रुपैयाँ फिर्ता गरिदिन आग्रह गरिएको अडियो रेकर्ड प्राप्त भएको छ ।

मेयर साहले पुरानो कर्मचारीहरुलाई हटाएर आफ्ना आफन्त, नातागोता, पार्टीका कार्यकर्ताहरुलाई नयाँ नियुक्ति दिने भन्दै लाखौँ रुपैयाँ उठाएको यो अडियोबाट प्रष्ट सुन्न सकिन्छ । करारमा नियुक्तिको लागि कार्यपालिकाको निर्णय समेत हुनुपर्ने भएकोले मेयर साह माथिबाटै गरिदिने अझै भनिरहेको अडियोमा सुन्न सकिन्छ ।

अडियोमा करारको जागिर वापत रकम दिएकी महिलाको श्रीमानले भन्दैछ–“मेयर साहब, अब कति दिन कुर्नुपर्छ रु एक बर्ष त बितिसक्यो पैसा लिएको । हुन्छ की हुँदैन भनेर प्रष्ट भनिदिनुस न, बेकारको पैसा तिरेको जस्तो लाग्दैछ ।” सोही क्रममा मेयर साह भन्छन्–“मलाई आफैँ लाज लागिरहेको छ, पैसा लिसकेको छु काम भएको छैन, तिम्रो काम माथिबाट नै गरिदिन्छु, ढुक्क भएर बस ल ।”

अडियोको यो मुख्य संवाद हो । यसपछि महिलाकी श्रीमानले तिरेको रकम वापत पुनः मात्र समय पाउँछन् । करारमा नियुक्ति दिने वापत तिरेको लाखौँ रुपैयाँको कुनै मूल्य नभएको भन्दै उनले ईसारामा रकम फिर्ताको लागि आग्रह गरेको देखिन्छ । यद्यपी, मेयर साहले रकम फिर्ता नगर्ने र नोकरी नै दिने गरी कुरा घुमाएको सुन्न सकिन्छ ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय