
नरेशचन्द्र बरबरिया सिरहा
सिरहामा जिल्ला प्रहरी कार्यालय सिरहा र ट्राफिक प्रहरी कार्यालय लहानले संयुक्त रुपमा ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वमा यात्रुलाई आवतजावत गर्ने यात्रुलाई सहयोग गर्ने उदेश्यले यस जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक डम्बर बहादुर पुरीले बताएका छन ।
निरीक्षक पुरीका अनुसार यस जिल्लाको सिरहा सदरमुकाम , गोलबजार,लहान,मिर्चैया,बन्दिपुर लगयातको बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भीड हुने भएकाले नागरिकको सहजताको लागि सहयाता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको समयमा दुर्घटना हुने भएका सवारी चेकजाँच, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तोकिएको भाडादरभन्दा धेरै असुल्ने, मापसे तथा लापसेगरी सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्नेलगायतका क्रियाकलापलाई कडाइ गरिनेछ ।
जिल्ला प्रहरी कार्यालय सिरहा र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् । यहाँ नागरिकले आफ्ना समस्या र गुनासाहरु राख्न सक्नेछन् । यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय-समयमा जनचेतना मूलक सन्देश प्रवाह गरिने बताइएको छ ।