
२५ भदौ,वीरगञ्ज । प्रहरीले बिलबिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा भे.१ ख ३१९४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
बिल विजक भन्दा बढी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट बाँकेतर्फ गइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको थियो ।
ट्रकमा ७५ लाख ९२ हजार ७२४ रुपैँया बराबरको खुद्रा तथा लत्ताकपडा लगायतका सामाग्रीहरू फेला परेको उहाँले बताउनुभयो । बरामद गरिएको सामान सहितको ट्रक आवश्यक कारवाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Facebook Comments Box