
मनोज यादव
सर्लाही,भाद्र २३
शुक्रवार साँझ सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा कृष्ण जन्माष्टमीको मुर्ती विसर्जन गरेर फर्किने क्रममा नगरपालिका कार्यालय अगाडीको मुख्य चौकमा दुई फरक समुदाय बिच उत्पन्न भएको विवादका कारण अशान्त बनेको नगरको अवस्था आज९शनिवार०केही सामान्य बनेको छ।
हिजो९शुक्रवार० राती दुई समुदाय बिच ठुलो झडपको अवस्था सिर्जना हुन नदिइ भिडलाई भगाउन र ढुंगामुढा रोक्न १६ शेल अश्रुग्याँस र एक राउन्ड हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । डिएसपी थारुका अनुसार सामान्य झडपमा परेर केही स्थानीय ब्यक्ति र स्थितिलाई नियन्त्रणमा लिन पुगेका केही सुरक्षाकर्मीहरु घाइते भएका थिए।
सुरक्षाकर्मीहरुकै उपस्थितिमा सुरक्षित तवरले मुर्ति विसर्जन गरेर फर्किरहेको बेला मानिसहरुको भिड यताउता दौड्ने क्रममा स्थिति केही असहज बनेको डिएसपी थारुले बताए। बजारको स्थितिलाई सामान्य बनाउन रातभरि ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।
आज९शनिवार० बिहान केही युवाहरुले नगरको विभिन्न चौकमा टायर बालेर प्रदर्शन गरेपछि बजार क्षेत्रका औषधि पसलहरु बाहेक सबै पसलहरु बन्द गरिएका छन् ।सार्वजनिक सवारीसाधनहरु पनि छिटफुट रुपमा चलेका छन् ।ठाउँठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएका छन् ।
सो विषयलाई लिएर आज बिहान प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला समन्वय समितिका प्रमुख कौशक किशोर सिंहको प्रमुख आतिथ्यतामा सर्वदलीय,सर्वपक्षीय समन्वय बैठक बसी ५ बुँदे निर्णयहरु गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले धार्मिक,जातीय ,साँस्कृतिक सद्भाव कायम राख्न सर्वपक्षीय सार्वजनिक अपिल गर्ने,सामाजिक सदभावमा खलल पुर्याउने गतिविधि नियन्त्रण गर्न हरेक उपाय अपनाउने,मेला,महोत्सव ,पर्व लगायतका कुनैपनि साँस्कृतिक वा धार्मिक कार्यक्रम संचालन गर्दा प्रशासनको पुर्ण स्विकृती अनिवार्य रुपमा लिएर मात्र गर्ने ,सामाजिक सदभावमा खलल पुर्याउने गतिविधिमा संलग्न तत्वहरुको पहिचान गरि हदैसम्म कानुन कानुन बमोजिम कारबाही गर्ने र दुबै समुदाय बिच धार्मिक सद्भाव जातीय सद्भाव ,साँस्कृतिक सद्भाव कायम गर्न सबैले आआफ्नो दायित्व निर्वाह गर्नुपर्ने निर्णय गरेको छ।