neelambAd

पर्सा / समाजवादी मोर्चा, नेपालको प्रदेश स्तरीय सन्देश सभा तथा अन्तरकृया कार्याक्रम ८ गते गर्ने नियर्णय गरेको छ । समाजवादी मोर्चा, नेपालको भदौ ४ गते केन्द्रको बसेको बैठकले सातै प्रदेशमा प्रदेश स्तरीय सन्देश सभा तथा अन्तरकृया गर्ने निर्णय थियो सोही निर्णय अनुसार बिरगंजमा ८ गते गर्ने कार्यक्रमलाई कार्यान्वयन गर्नका लागी आज समाजवादी मोर्चा, नेपाल सम्बद्ध पर्सा जिल्लामा रहेका दलहरूको सयुक्त बैठक जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष श्री रामनरेश प्रसाद यादवको अध्यक्षता एवम् जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारीणि समिति सदस्य तथा निबर्तमान मधेस प्रदेश मुख्यमन्त्री मा. लालबाबू राउतको विशेष उपस्तिथिमा बैठक बसि विभिन्न निर्णयहरु गरेको जानकारी जसप सचीव तबरेजअहमदले जानकारी गराएका छन समाजवादी मोर्चा, नेपालले गर्ने सन्देश सभा तथा अन्तरक्रिया कार्यक्रमलाई सभ्य, भब्य र सफल बनाउन आ आफ्नो पार्टीका सम्पुर्ण तह र तप्का नेताकार्यकर्ताहरुलाई कार्यक्रममा सहभागीताका लागी अहवान गर्ने निर्णय गरिएको छ ।

बैठकले कार्यक्रमलाई अझै ब्यव्स्थित बनाउन जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको संयोजक्त्व्मा ७ सदस्यीय कार्यक्रम ब्यवस्थापन समिति गठन गरेको छ । सदस्यहरुमा नेकपा एसका तर्फबाट जिल्ला अध्यक्ष बालगोपाल थापा, शंकरलाल कर्ण, माओवादीका तर्फबाट रामदरश प्रसाद कुश्वाहा, सुरेन्द्र गुप्ता, जसपाका जिल्ला सचीव तबरेज अहमद लगायतका रहेका छ्न । साथै कार्यक्रमका सूचना र सन्देश प्रवाह गर्नका लागि भोलि मोर्चा सम्बद्ध पत्रकारहरुसंग बैठक बसि छलफल गर्ने समेत निर्णय भएको छ वसपाका सचिव तबरेज आलमले बताए । बैठकमा माओवादी पार्टीका केन्द्रिय सदस्य एवम् जितपुर सिमरा उप महानगरपालिका नगर प्रमुख राजन पैडेल, जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, माओवादीका तर्फबाट रामदरश प्रसाद कुश्वाहा,नेकपा एसका तर्फबाट शंकरलाल कर्ण र बृजलाल पासवान लगायतको उपस्तिथि रहेको जानकारी सचीव अहमदले दिए ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय