neelambAd

नेपाली कांग्रेसबाट अहिलेको सरकारमा रहेका मन्त्रीहरू छलफलमा जुटेका छन्।रक्षा मन्त्रालयमा मंगलबार अपराह्न कांग्रेसका मन्त्रीहरूको छलफल भएको हो।

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसबाट मन्त्री भएकाहरू बैठकमा सहभागी छन्। खड्का कांग्रेस उपसभापति पनि हुन्। उनकै नेतृत्वमा कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएको थियो।

कांग्रेसबाट मन्त्री भएकाहरूले के विषयमा कुराकानी गरेका हुन् खुलिसकेको छैन। सरकारका कामकारबाही प्रभावकारी भएनन् भन्ने गुनासो आएपछि खड्काले छलफल गरेको स्रोतको दाबी छ।

कांग्रेसबाट मन्त्री बनेकामध्ये अर्थमन्त्री प्रकाशशरण महत क्यानडामा छन्। उनीबाहेक अरू मन्त्रीहरू बैठकमा सहभागी रहेको स्रोतले जानकारी दिएको छ। बैठकमा उपसभापतिसमेत रहेका कानूनमन्त्री धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत, सहरी विकास मन्त्री सीता गुरूङ सहभागी छन्।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय